बङ्गाली सिनेमाका चर्चित अभिनेता साैमित्र चटर्जीकाे निधन

 कात्तिक ३०, २०७७ आइतबार १५:४५:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै –  बङ्गाली सिनेमाका चर्चित अभिनेता सौमित्र चटर्जीको आइतबार निधन भएको छ । 

उनको ८५ वर्षको उमेरमा आइतबार कोलकाताको बेले भ्यु क्लिनिकमा निधन भएको हो । 

उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ६ अक्टोबरमा उनलाई अस्पताल भर्ना गरिएको थियो, उनको स्वास्थ्य पहिलेभन्दा केही सुधार देखिएको थियो र कोरोना रिपोर्ट पनि नेगेटिभ आएको थियो । तर उनको शरीरमा समस्या बढ्दै जाँदा अक्टोबर अन्त्यतिर भेन्टिलेटरमा राखिएको थियो ।  

सौमित्र चटर्जीले तीन सयभन्दा धेरै फिल्ममा काम गरेका छन् । 

उनले चर्चित निर्देशक सत्यजीत रायको फिल्म अपूर संसारबाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए । त्यसपछि उनले जोए बाबा फेलूनाथमा फेलूदाको भूमिका निभाएका थिए । 

कैयौँ पटक आफ्नो अभिनयको लागि नेशनल अवार्ड पाइसकेका सौमित्र चटर्जीलाई सन् २०१२ मा दादा साहेब फाल्के अवार्ड पनि प्रदान गरिएको थियो । 

सन् २००४ मा उनले भारतको तेस्रो सर्वाेच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मानित गरियो । उनलाई फ्रान्सको सर्वाेच्च नागरिक सम्मान लिजन अफ अनर बाट पनि सम्मानित गरिएको थियो ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया