काेराेना जाेखिमले हिमाली क्षेत्रका बासिन्दालाई बेसी झर्न समस्या

 मंसिर २, २०७७ मंगलबार ७:९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्लामा हिमपात, तस्बिर : नेत्र शाही

काठमाण्डाै – देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । साेमाबार बिहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातसमेत भएको छ भने पहाडी क्षेत्रको केही ठाउँमा पानी परेको छ ।

यस्तै तराईका विभिन्न जिल्लाहरूमा हुस्सु लागेर देशभर नै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आउँदा केही दिन देशको धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

साेमबारकाे तुलनामा मौसम सुधार हुँदै गए पनि अब चिसो भने कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच जुम्ला, डोल्पा, म्याग्दी, मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लाहरूमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

मङ्सिरको सुरुमै भएको हिमपातले अघिल्ला वर्षको तुलनामा चाँडै चिसो बढाएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताउनुभयो । चिसो बढेसँगै पानीसमेत जम्न थालेको र जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो ।

हिमपातसँगै खोला, पँधेरो र धारामा पानी जमेको छ । सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ । हिउँले चरन क्षेत्र पुरिएपछि किसानहरू याक, चौँरी, भेडा, च्याङ्‍ग्रा, घोडा, खच्चरलगायत पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् ।

अघिल्ला वर्षमा हिमाली क्षेत्रका बासिन्दा चिसो सुरु भएपछि तल्लो क्षेत्रमा झर्ने गर्थे । यसपालि कोरोना महामारीको जोखिमका कारण स्थानीयवासी जाडो छल्न बेसी झरेका छैनन् । हिमाली क्षेत्रका बासिन्दा बेसी झर्दा कोरोनाको डर र गाउँमै बस्दा चिसोको समस्यामा परेका लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया