विश्वकपमा छनोट भएको यू–१९ महिला क्रिकेट टोलीका सदस्यलाई क्यानले साढे २ लाख रुपैयाँ दिने

 कात्तिक २९, २०८१ बिहीबार १७:५१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यलाई साढे दुई लाख रुपैयाँका दरले पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

आज बसेको क्यानको बैठकले खेलाडीलाई साढे दुई लाख र अफिसियलहरूलाई एक लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको क्यानका प्रवक्ता छुम्बी लामाले उज्यालोलाई जानकारी दिनुभयाे ।

हिजाे भएकाे १९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलाे पटक टी–२० विश्वकपमा छनाेट भएकाे थियाे । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया