अरिङ्गालको टोकाइबाट एक बालिकाको ज्यान गयो

 मंसिर २, २०७७ मंगलबार १०:२:४२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – अरिङ्गालको टोकाइबाट स्याङ्जामा एक बालिकाको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष सूर्यप्रसाद गैह्रेकी छोरीको ज्यान गएको हो ।

गैह्रेकी १३ वर्षीया छोरी अतिथिको सोमबार साँझ उपचारका क्रममा पोखरामा ज्यान गएको हो । पुतलीबजार नगरपालिका १४ को तलामागेमा अरिङ्गालले टोक्दा ती बालिका गम्भीर घाइते भएकी थिइन् । 

सोमबार लामागेमा माथिल्लो घरबाट तल्लो घरमा भाइटीका लगाउन जाँदा उनलाई नजिकैको रुखमा रहेको अरिङ्गालको टोकाइबाट घाइते भएकी थिइन् । अतिथिसँगै अर्की बालिका पनि घाइते भएकी र उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया