“लाम्रा संवाद, गाउँका कुडा,” खस संस्कार, ज्येष्ठ नागरिकका अनुभवदेखि जडिबुटीबाट औषधिको नालिबेली

 मंसिर ४, २०७७ बिहीबार १९:३४:१४ | नेत्र शाही
unn.prixa.net

जुम्ला - प्रस्तोताले पहिलो प्रश्न गर्नुभयो । 'बज्यू तपाईंहरुको विवाह कहिले भयो ?' ज्येष्ठ नागरिक आमाको उत्तर आयो -'९ वर्षमा विवाह भयो' ।

त्यही प्रश्न अर्की आमालाई सोधियो । 'तपाईंको नि ?' ' मेरो विवाह भएको त थाहा पाइँन । मलाई विवाह आजभोलि जसरी विवाह गर्छन्, त्यस्तै भयो होला जस्तो लाग्छ ।' लाम्रा संवादमा ७ जना ६५ देखि ८३ वर्षका ज्येष्ठ नागरिक आमाहरुले आफूहरुको विवाह ८ देखि १० वर्षमा भएको र हिजोको संस्कारमा कसरी जीवन बित्यो, अनुभव कथा जस्तै र रमाइलो पनि भयो । 

लाम्रा गाउँले गरेका “लाम्रा स‌ंवाद, गाउँका कुडा”मा , यस्तै अनुभवका रोचक कुराले धेरैका मन छोयो । खाली समयमा गाउँका वौद्धिक युवाहरुले गरेको परिकल्पनामा विभिन्न १२ सेशनमा वहस भएको थियो । यहाँको लाम्रा गाउँले तिहारको अवसर पारेर ज्येष्ठ नागरिकदेखि जानकार गाउँका व्यक्तिहरुको अनुभवदेखि इतिहास झल्काउने काम गरेको छ ।

लाम्रा गाउँमा शुक्रबारदेखि सञ्चालन भएको “लाम्रा स‌ंवाद, गाउँका कुडा”मा खस सभ्यतामा मनाइँने संस्कृतिहरु, गाउँको इतिहास, रीतिथितिदेखि विभिन्न लुकेका विषयमा  मौलिक स‌ंवाद अनुकरणीय र नयाँ भयो ।

गाउँको इतिहास र ज्ञान सिप पुनरावृत्ति

जु्म्लाको तातोपानी गाउँपालिका वडा नम्बर ५ काे लाम्रा गाउँमा रहेका १८३ घरधुरीका स्थानीय युवाहरु, बुद्धिजीवी र जानकारहरुले आयोजना गरिएको गाउँका कुडा लाम्रा स‌ंवादमा खस संस्कतिको ज्ञानमुलक कार्यक्रमले हाम्रो पुस्ता, समाज र युवाको सिकाइमा जोड दिएको छ ।

चौलागाईँ, उपाध्याय, दलित समुदाय बस्ने यस गाउँमा धेरैका अनुभवहरु गाउँले र सरोकारवालाहरुले सुनेपछि अचम्मित भएका छन् । विशेष गरी ज्येष्ठ नागरिकका कुराहरुले युवा पुस्तालाई ज्ञान, सिप अनुभव हस्तान्तरणको युवा पुस्तामा पुनरावृत्ति गरिएको छ । कार्यक्रमको पहिलो दिन गाउँको जडो, तीर्थ र हाटको कुरा, कुलोको कथाले लाम्रा गाउँवासीलाई एक पटक पुर्खा र पौरखको कथा पुनरावृत्ति गरेको छ । 

ओक्तो र देउता, समाजमा के कसरी ?

दोस्रो दिन शनिबार “ओक्तो र देउता,” “संस्कार संस्कृति,”“ श्रम र सीप,”“ सर्जक र सृजना लगायतका महत्वपूर्ण सेशनहरु भएका छन् । संस्कृति र सस्कारमा खस संस्कृतिका मागल, विवाह, साउने संक्रान्ति, तागे संक्रान्तिसहितका विभिन्न सस्कार र संस्कारका विषयमा वहस गरिएको छ ।

गाउँका स्थानीय तथा चन्दननाथ नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख खडानन्द चौलागाईंबाट सहजीकरण गरिएको सेशनमा ती संस्कारहरु भनेका के हुन ? कसरी मनाइन्छन, इतिहास के भन्नेदेखि विभिन्न विषयमा कुराकानी भएका छन् ।

हरिबावु चौलागाईँले सञ्चालन गर्नुभएको “देउता र ओक्तो” सेशनमा करिब ८० बढी जडिबुटीबाट गरिने औषधिका नाम र यसबाट हुने उपचारको विषयमा ज्येष्ठ नागरिक प्रवानन्द चौलागाईँले जानकारी दिनु भएको छ । चौलागाईँले आफूलाई रागन लागेपछि औषधि उपचारमा लागेको बताउनुभयोे । 

बज्यूका कुडाले स्तब्ध बनायो 

स‌ंवादको तेस्रो दिन बज्यूका कुडा सेशन, विकास र सुशासन, ठिक थिति र राजनीति, उद्यमशिलता र उद्यम विषयमा स‌ंवाद गरिएको छ । स्थानीय जयलक्ष्मी चौलागाईँले संचालन गर्नुभएको स‌ंवाद “बज्यूका कुडामा” ६५ देखि ८३ वर्षका ज्येष्ठ नागरिक आमाहरुले आफूहरुको विवाह, काम र तत्कालीन समय र अहिलेको महिलाहरुमा आएको परिवर्तनका विषयमा अनुभव सुनाउँदा सहभागि छक्क भएका थिए ।  

८ वर्षदेखि १० वर्षभित्र स‌ंवादमा सहभागी सबैको विवाह भएको र कसैलाई आफ्नो विवाह समेत थाहा नभएको बताउनुका साथै उहिले र अहिलेको महिलाहरुको संघर्ष निकै फरक भएको बताएका छन् । 

यसैगरी स्थानीय तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्ण प्रसाद चौलागाईंले संचालन गरेको सेशनमा 'गाउँको विकास, सुशासन” विषयमा गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत बिष्णु धिताल, स्वास्थ्य संयोजक गुरु चौलागाईँ र प्रहरी चौकी ईन्चार्ज असई राजेन्द्र गिरी सहितका बक्ताहरुले वहश गर्नुभएको थियो ।

गाउँपालिकामा भएका विकास र योजना तथा सेवा प्रवाहमा सहज तथा शान्ति सुरक्षाका बिषयमा छलफल भएको थियो । गाउँपालिकामा भएका अनुकरणीय कामहरु, खानेपानी विजुली, सञ्चार सहितका विभिन्न काममा जोड दिईएको छ । विकास सँग सम्वन्धित पालिका स्तरका निकायलाई लाम्रा गाउँको विगत, अहिले र भविश्यको विकास कस्तो रहेछ भन्ने विषयले तान्यो । 

गाउँ स‌ंवादमा समापन शेसन भिन्नै थियो । मौलिक समापन शेसनमा प्रकृतिको स्थानीय पुजारीहरुले मष्टो सहितका देवताहरुको नाम भन्दै आरम्भ गरेका थिए । मौलिक प्रकृतिको कार्यक्रम गर्दा अतिथिले पनि अनुकरीण काम भएको भने ।

चन्दन्नाथ नगरपालिका मेयर कान्तिका सेजुवालले खस सस्कृतिका पुष्ताले बोल्ने शब्द हराउदै गएको सन्दर्भमा लाम्रा गाउँले गरेको मौलिक कार्यक्रम अनुसन्धनामा जोड दिएको बताउनुभयो । उहाँले बज्यूका कुडाँ शेसनमा ज्येष्ठ नागरिक महिलाहरुको विगत र अहिलेको अनुभव साट्ने मौका दिएको भन्दै रु तीनहजार एक सय रुपैया ति आमाहरुलाई  सम्मान स्वरप उपलब्ध समेत गराउनुभयो । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकाको सोचमा रहेको कार्यक्रम निकै राम्रो भएको भन्दै दस्तावेज गर्न सघाउने जानकारी दिनुभयो  ।

प्रमुख  जिल्ला अधिकारी भूपेन्द्र थापाले जीवन जीउने सस्कार, गाउँ, समाज, सस्कृति, आर्थिक अवस्था, जनशक्ति र विकास स‌ंवादले झल्काएको बताउनुभयो । कार्यक्रममा खस भाषाको देउडा, मागल र विभिन्न मनोरञ्जन कार्यक्रम पनि भएका थिए । 

परिकल्पना महत्वपूर्ण 

कार्यक्रममा संयोजक धनप्रसाद चौलागाईंले साना साना सस्कार र संस्कृतिलाई हामीले उजागर गर्नुपर्ने भएकाले सानो कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रमको परिकल्पना समाजसेवी माधव चौलागाईंले गर्नुभएको थियो ।

गएकाे वर्ष प्रदेश राजधानी सुर्खेतमा “ कुडा कर्णालीका ” कार्यक्रमले लोकप्रियता छाए जस्तै जुम्लामा लाम्रा स‌ंवाद गाउँका कुडाले एक तिथि बसालेको छ । 'कुडा कर्णालीका ” कार्यक्रममा खसका खासखुस, काला पहाडका तोडा, ११ जिल्लाको प्रदेश लगायतका विभिन्न शेषनमा राष्ट्रिय ख्याति प्राप्त पत्रकार, बुद्धिजीवि, नेता तथा विभिन्न व्यक्तित्वहरुले वहस गरेका थियो । यस मौलिक कार्यक्रम परिकल्पनाकार मध्येका एक माधव चौलागाईँ पनि हुनुहुन्थ्यो । 

क्याप्सन : लाम्रा गाउँमा बज्यूका कुडा स‌ंवाद

तस्बिर  : नेत्र शाही 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया