हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी चिसो बढेपछि सिमकोट फर्किए

 मंसिर ४, २०७७ बिहिबार १४:१४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला - नेपाल-चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सिमकोट फर्किएका छन् ।

चिसो बढेपछि हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत टोली चिसो बढेपछि फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। यसअघि सुनखानीमा रहेको प्रहरीचौकी कात्तिक महिनामै सदरमुकाम सिमकोट फिर्ता भइसकेको थियो ।

चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) टोली चिसो बढे पनि सीमा सुरक्षामै खटिने भएको छ । सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साबाट सदरमुकाम सिमकोट सारिए पनि सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेका २२ जना उतै बस्ने भएका हुन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया