विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको ज्यान गयो

 मंसिर ६, २०७७ शनिबार १६:५०:५१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – मन्थली नगरपालिका ७ को भटौलीमा एक घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको ज्यान गएको छ । 

मन्थली–७ का रणवहादुर सार्कीको घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा घरभित्र रहेका पाँच वर्षीय छोरा सुजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
दुई तले ढुङ्गा–माटाले बनेको घरमा एक्कासी विद्युत् शर्ट भइ आगलागी हुँदा घरभित्रका सुजन बाहिर निस्कन सकेनन् । 

घटनापछि जिल्ला प्रहरी कार्यालय मन्थलीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलतर्फ गएका छन् । सबै क्षतिको विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाठकले जानकारी दिए ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया