'इन्टरनेटको बजार पेट्रोलियम पदार्थको जस्तो होइन, प्रतिस्पर्धाको ...
फागुन १३, २०७७ बिहिबार
काठमाण्डाै – साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार २०७६ रामकुमार पाँँडे र भैरव प्रतिभा पुरस्कार राजाराम पौडेललाई प्रदान गरिएको छ ।
भैरव पुरस्कार गुठीले गोकर्णेश्वर नगरपालिकामा रहेको भैरव स्मृति भवनमा गरेको कार्यक्रममा पाँडे र पौडेललाई पुरस्कृत गरेको हो । भैरव पुरस्कार एक लाख र भैरव प्रतिभा पुरस्कार ५० हजार रुपैयाँ राशिको रहेको छ ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले जोरपाटी चोकमा निर्माण गरिने नगरपालिकाको कार्यालय परिसरमा अर्यालको पूर्ण कदको ढलोटको सालिक राखिने बताउनुभयो ।