भारती सिंह र उनका पतिले पाए जमानत

 मंसिर ८, २०७७ सोमबार १७:५२:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय टेलिभिजनकी लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ ।

सुशास्त सिंह राजपूत प्रकरणमा लागुऔषधको विषय जोडिएपछि फिल्म र टिभी जगतका कैयौँ कलाकारसँग नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । यस क्रममा एनसीबीले विभिन्न कलाकारको घरमा छापा पनि मारेको छ ।  

लागुऔषध प्रकरणमा एनसीबीले अभिनेता अर्जुन रामपालसहित अभिनेत्रीहरु दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर र रिया चक्रवर्तीसँग सोधपुछ गरिसकेको छ ।   

एनसीबीले भारती सिंहलाई शनिबार र उनका पति हर्षलाई आइतबार घरबाटै पक्राउ गरेको थियो । एनसीबीका अनुसार उनीहरुको घर र प्रोडक्शन आउसमा छापा मार्दा ८६ दशमलव ५ ग्राम गाँजा भेटिएको थियो । 

भारती सिंह र उनका पतिले गाँजा सेवन गरेको कुरा पनि स्वीकारेको एनसीबीका अधिकारीहरुले दाबी गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया