अर्थमन्त्री पौडेललाई बुटवलमा कालोझण्डा

 मंसिर १०, २०७७ बुधबार ९:१८:१७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलमा कांग्रेस कार्यकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई कालोझण्डा देखाएर विरोध गरेका छन् ।

अर्थमन्त्री भएपछि पहिलोपल्ट गृहजिल्ला पुग्नुभएका मन्त्री पौडेललाई मन्त्री पदसँग लुम्बिनी प्रदेशको राजधानी साटेको आरोप लगाउँदै तरुण दल र नेविसंघका युवाहरुले बिहान कालोझण्डा देखाएका हुन । नेकपाका महासचिव समेत रहेका पौडेललाई तिनाउ पुल नजिकै नेपालगञ्जरोडमा कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेका हुन ।

अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालित परियोजनाको अवलोकन गर्न त्यहाँ जाँदै हुनुहुन्थ्यो । बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङ लैजाने प्रस्ताव प्रदेश सरकारले प्रदेश सभामा पेस गर्दा बुटवल क्षेत्रबाट निर्वाचित सांसद भएर पनि पौडेल चुप लागेको भन्दै विरोध हुँदै आएको छ ।

 महासचिव पौडेलले प्रेस संगठनले हिजो बेलुका बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफू पहिलोपल्ट अर्थमन्त्री नभएकाले राजधानीसँग मन्त्री साट्नु पर्ने कुनै आवश्यकता नभएको बताउनु भएको थियो । उहाँले नेकपाको एकता गम्भीर मोडमा उभिएको समेत बताउनु भएको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया