रहेनन् अर्जेन्टिनी फुटबलर म्याराडोना

 मंसिर १०, २०७७ बुधबार २२:३६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्जेन्टिनाका फुटबल 'लिजेन्ड' डिएगो म्याराडोनाको निधन भएको छ ।

विश्वकै चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।

'कार्डिक अरेस्ट' (हृदयघात) का कारण उनको घरमै निधन भएको बताइएको छ ।

दुई हप्ताअघि मात्रै 'ब्लड कल्ट' बनेपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।

सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाला विश्व कपको उपाधि दिलाएका थिए ।

आफ्नो करियरमा बार्सिलोना र नापोलीबाट खेलेका म्याराडोनाले दुई ओटा 'सिरिए ए' को टाइटल पनि जिताएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया