सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टरमार्फत उद्धार

 मंसिर १६, २०७७ मंगलबार १७:५१:३० | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको दोरम्बा गाउँपालिका ४ के छयार्पाकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्याथाले च्यापेर स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि ती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ । 

दोरम्बा ४ की २३ वर्षीया शर्मिला लामालाई सुत्केरी व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई मङ्गलबार दिउँसो काठमाण्डौबाट श्री एअरको हेलिकप्टर झिकाएर केएमसी अस्पताल सिनामङ्गलमा पठाइएको  हो । 

ती महिलाको दोरम्बा गाउँपालिका ४ का वडाध्यक्ष चन्द्रबहादुर मगरको सक्रियतामा उद्धार गरिएको हो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया