कांग्रेस नेता पौडेल ३ घण्टापछि रिहा, 'त्याे घटनाकाे जति विराेध गरे पनि कम हुन्छ'

 मंसिर १७, २०७७ बुधबार १९:३१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनुभएको छ । निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका नेता रामचन्द्र पौडेल झण्डै तीन घण्टापछि रिहा हुनुभएको हो ।

पौडेलसहित उहाँसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

 याे पनि पढ्नुहाेस्

व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुग्नुभएका पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । पुल उद्घाटनका विषयमा नेपाली कांग्रेस र नेकपा निकट युवा सङ्घबीच विवाद भएपछि प्रहरीले दिउँसो त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि जानुभएका पौडेलसहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले नेता पौडेलको सुरक्षाका लागि उहाँलाई नियन्त्रणमा लिएको बताउनुभयो ।    

रिहापछि काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकाेमा आपत्ति जनाउनुभयो । 'तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ', उहाँले भन्नुभयो, 'उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।' प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएको भनी उहाँले आपत्ति जनाउनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया