'मेहन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ...’

 मंसिर २२, २०७७ सोमबार ११:७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अभिनेत्री श्वेता खड्काको सोमबार विवाह हुँदैछ ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहको तयारी र मेहन्दीको फोटो सार्वजनिक गरेकी छिन् । धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी उनले आफू विगतलाई भुलेर फेरि मुस्कुराउन लागेको बताएकी छिन् ।

फेसबुकमा उनले लेखेकी छिन् : ‘मेहन्दीको रङहरूसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ उनको विवाहमा शुभचिन्तक र दर्शकले शुभकामना दिएका छन् ।

उनीहरुले अभिनेता श्री कृष्ण श्रेष्ठलाई सम्झँदै श्वेतालाई शुभकामना तथा बधाई दिएका छन् । श्वेता र श्री कृष्णको विवाह भएको एक महिनापछि श्री कृष्णको निधन भएको थियो । २०७० सालमा उनीहरुको विवाह भएको थियो ।

श्वेताको दोस्रो विवाहलाई कलाकारले एउटा उदाहरणको रुपमा लिएका छन् । नेपाली समाजमा महिलाले दोस्रो विवाह गर्न हुन्न भन्ने गलत मान्यतालाई श्वेताको विवाहले हटाउन सहयोग मिल्ने उनीहरुको भनाइ छ।

श्वेताले कहाँ भेटिएला ... चलचित्रबाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया