सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

 मंसिर २७, २०७७ शनिबार १५:४६:२७ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज शनिबार दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमका पहाडी जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीय कर्णबहादुर द्वारीयाले जानकारी दिनुभयो ।

डोटी सहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस भएको छ । भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा सिलगढीका नागरिकहरु घर बाहिर निस्किएका थिए । भूकम्पले अहिले सम्म क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया