१४ गते देशव्यापी प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूहको घोषणा

नारायणकाजीको नेतृत्वमा २५०१ सदस्यीय आन्दोलन परिचालन समिति

 पुष ९, २०७७ बिहीबार १५:१७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसद् विघटनको विरुद्धमा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । काठमाण्डौमा शुक्रबारदेखि केही न केही प्रदर्शन र १४ गते देशव्यापी रूपमा आन्दोलन गर्ने निर्णय भएको प्रचण्ड–नेपाल समूहका नेताहरूले बताएका छन् ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समितिसमेत बनाएको छ । बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति बनाउने निर्णय गरेको हो ।

यस्तै संसद् विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–नेपाल पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ । बिहीबार (आज) भएको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठकले संसद् विघटनको विरुद्धमा शुक्रबार (भोलि) बिहान सर्वोच्च अदालतमा जाने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।

नेकपाको बहुमत स्थायी कमिटी तथा केन्द्रीय कमिटी आफ्नो पक्षमा रहेकाले आफ्नो पक्षका निर्णयलाई वैधता दिन निर्वाचन आयोग जाने निर्णय गरेको प्रचण्ड–नेपाल समूहका एक नेताले बताएका छन् । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया