अमेरिकाको कोलोराडोमा रोकिराखेको विमानमा आगलागी, सबै यात्रु...
चैत १, २०८१ शुक्रबार
बागलुङ – जिल्लाको निसीखोला गाउँपालिकामा निरन्तरको वर्षासँगै आएको पहिरोले राति घरमा सुतिरहेकै अवस्थामा सम्पर्कविहीन भएका दुवै जना मृत अवस्थामा फेला परेका छन् ।
निसीखोला गाउँपालिका वडा नम्बर—३, धुर्सौलाका मानबहादुर शाहीको घर मंगलबार राति माथिबाट आएको पहिरोले पुरिँदा उहाँकी ६५ वर्षीया श्रीमती धनकुमारी शाही र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता हनुहुन्थ्यो ।
बेपत्ता भएका सासूबुहारी दुवै पहिरोमा पुरिएको र मृत अवस्थामा शव फेला पारिएको इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख ऋणबहादुर बैदारले बताउनुभयो । घरमूली मानबहादुर भने गोठ (बुकी) मा गएकाले सकुशल हुनुहुन्छ ।
उहाँका छोरा दुर्गाबहादुर शाही रोजगारको सिलसिलामा भारतको बैङ्गलोरमा रहेको उहाँले बताउनुभयो । शाहीका पाँच वर्षीय नाति विवेक शाहीलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ ।
पहिरोले घर भत्किएर बेपत्ता भएको सूचना पाउन साथ स्थानीयवासी र प्रहरी टोली पुगेर उद्धार गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।