नेपालले हङकङलाई ६ विकेटले हरायो
चैत १, २०८१ शुक्रबार
बाँके – बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि ४० लाख रुपैयाँको लागतमा नमूना बस्ती निर्माण शुरू भएको छ । कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको हो ।
नगरपालिकाको पहलमा छिमेक सेवा समाजले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि वर्षाैंदेखि छाप्रोमा सकसपूर्ण जीवन बिताइरहेका उनीहरू पक्की घरमा बस्न पाउने छन् ।
नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणमा आठ घर निर्माण थालिएको कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बताउनुभयो । विपन्न परिवारको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले नमूना बस्ती निर्माण शुरू गरिएको उहाँले बताउनुभयो ।
समाजले अन्य ठाउँमा पनि विपन्न समुदायका लागि नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत आवास बनाउने भएको छ ।
हवल्दारपुरमा झन्डै ३० परिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको छ । आठ वटा घरका लागि शौचालय, पानी र बाटोका लागि स्थानीय सरकारले सहयोग गर्ने छ ।
सामाजिक अभियन्ता एलबी कार्कीले आउँदो असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी काम शुरू गरिएको बताउनुभयो । संस्थाले दुईकोठे पक्की घर बनाइदिनेछ ।
वर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरू पक्की घर पाउने भएपछि खुशी छन् । गर्मीयाममा जसोतसो दिनरात कटे पनि वर्षायाम र चिसोयाममा सकसपूर्ण अवस्था बेहोर्नुपरेको मोलहे खटिकले दुखेसो सुनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।