सिप्रदी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, टाटाका कमर्सियल गाडी किन्न सहुलियतपूर्ण ऋण दिइने

 पुस १४, २०७७ मंगलबार १३:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी  ट्रेडिङ प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच व्यावसायिक सम्झौता भएको छ । 

टाटाका कमर्सियल गाडी किन्न चाहने व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि शाखामार्फत अब सहुलियतपूर्ण कर्जा पाउने छन् ।

टाटाका गाडी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सिप्रदीले जनाएको छ ।

सम्झौतापत्रमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार विना धितो न्यूनतम ब्याजमा कर्जा उपलब्ध हुने, ७० प्रतिशतसम्मको फाइनान्स सुविधा र सात दिनभित्र नै कर्जा स्वीकृति हुने छ ।

यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ को अधिनमा रहेर व्यावसायिक तथा निजी प्रयोजनका लागि गाडी खरिद गर्न सहुलियतपूर्ण कर्जा दिनेछ ।

बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केिएकाका लागि युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा निर्धारण गरेकाे छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया