दार्चुलामा जीप दुर्घटना अपडेट : ज्यान गुमाएका सात जनामध्ये छ ...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमितमध्ये ९७ प्रतिशतभन्दा धेरै निको भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म दुई लाख ६२ हजार दुई सय ६२ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई लाख ५५ हजार ८८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो कुल सङ्क्रमितको ९७ दशमलव २६ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा चार सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने पाँच सय ९४ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा सात जनासहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार आठ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै साेमबारसम्म नेपालमा पाँच हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् भने तीन सय ४२ जना क्वरेण्टीनमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।