‘म त लागे है अमेरिका’ भन्दै धनगढीमा बयलगाडा र्‍याली

 पुस २६, २०७७ आइतबार २०:९:३३ | सीताराम ओझा
unn.prixa.net

कैलाली – प्रतिनिधि सभा विघटनकाे विराेधमा नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे विद्यार्थी सङ्गठन अनेरास्ववियु कैलालीले बयलगाडा र्‍याली निकालेको छ । 

नेकपाको दाहाल–नेपाल समूहका विद्यार्थी नेताहरूले धनगढीमा बयलगाडासहित विरोध प्रदर्शन गरेका हुन् । 

धनगढीको क्याम्पस चोकबाट सुरु भएको बयलगाडा र्‍याली पार्कमोड पुगेर कोणसभामा परिणत भएको थियो । ‘म त लागे है अमेरिका’ भन्दै र्‍याली निकालिएको हो । 

२०६२/०६३ को जनआन्दोलन चलिरहँदा केपी शर्मा ओलीले यो आन्दोलनले गणतन्त्र ल्याउँछौँ भन्नु र बयलगाडा चढेर अमेरिका जान्छौँ भन्ने एउटै भएको प्रतिक्रिया दिनुभएको थियो । ओलीको त्यो भनाइलाई लिएर अहिले पनि उहाँलाई गणतन्त्र विरोधी भएको भन्दै अनेरास्ववियुले बयलगाडा जुलुस गरेको हो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया