बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि भागेका तीन जना पक्राउ

 माघ ४, २०७७ आइतबार २०:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेपछि भागेका विभिन्न ठाउँका तीन जना पक्राउ परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका १४ का रामबहादुर अधिकारी, काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका २ का सुवास थापा र गोरखाको गण्डकी गाउँपालिका २ का विष्णु अंगाई पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा पठाइएको छ ।

नबिल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न रकमका खाली चेक दिएर बैंकिङ कसुर गरेको उनीहरूमाथि आरोप छ । उच्च अदालत पाटनले चितवनका अधिकारीलाई दुई करोड ३२ लाख रुपैयाँ जरिबानासहित ५५ दिन कैद फैसला गरेको थियो ।

यस्तै काठमाण्डाैका चन्द्रागिरि नगरपालिकाका थापालाई ५९ लाख ७९ हजार रुपैयाँ जरिबानासहित १७ दिनको कैद फैसला भएको थियो भने गोरखाका अंगाईलाई १० लाख रुपैयाँसहित एक महिना कैद फैसला भएको थियो ।  

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया