रुसका राष्ट्रपति पुटिनका आलोचक विपक्षी नेता नभाल्नी पक्राउ

 माघ ५, २०७७ सोमबार ६:२९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवम् विपक्षी नेता एलेक्सी नभाल्नीलाई प्रहरीले पक्राउ गरेको छ । 

जर्मनीमा उपचारपछि स्वदेश फर्केका ४४ वर्षका नभाल्नीलाई मस्को पुग्नासाथ प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । 

उहाँ पाँच महिनापछि स्वदेश पुग्नुभएको थियो । गएकाे अगस्टमा मस्को जाँदै गर्दा नभाल्नी विमानभित्रै बेहोस हुनुभएको थियो । 

उहाँलाई थप उपचारका लागि जर्मनी लगिएको थियो । फ्रान्सेली र स्विडिस प्रयोगशालामा गरिएको परीक्षणमा नभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ विष खानामा मिसाएर खुवाइएको पाइएको जर्मनीले बताउँदै आएको छ । 

विमानस्थलमा नभाल्नीले आफूविरुद्ध लगाइएको जालसाजी मुद्दा झुटो रहेको दाबी गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया