वाग्मती प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

 माघ ७, २०७७ बुधबार १८:१६:२९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशको प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

बुधवारकाे बैठकमा सबै दलको संसदीय दलका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेपछि प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराउनुभयो । अब अर्को बैठक कहिले बस्छ भन्ने अन्याेल पनि भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अविश्वास प्रस्तावमाथि मत विभाजन गर्नुपर्ने दाहाल–नेपाल समूहका सांसदले भन्दै आए पनि हिउँदे अधिवेशन सुरु भएकाे पहिलो दिनमै बैठक अनिश्चितकालका लागि स्थगित भएकाे हो ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया