रोल्पामा भिरबाट लडेर २ जनाको ज्यान गयो, रुखले च्यापेर १ जनाको ज्यान गयो

 माघ ९, २०७७ शुक्रबार २०:३:१० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ गोराखरे भिरबाट लडेर दुई जनाको ज्यान गएको छ ।

३० वर्षीया महिला र दुई वर्षीया बालिकाको गोराखरे भिरको गोरेटो बाटोदेखि दुई सय मिटर तल भिरालो जमिनमा अडिएको अवस्थामा शुक्रबार शव भेटिएको  जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसबारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष केसीले जानकारी दिनुभयो ।

यस्तै रोल्पाकै गङ्गादेव गाउँपालिका ३ बडाढुंगाका ४९ वर्षीय महेशकुमार केसीको रुखले च्यापेर ज्यान गएको छ । बिहीवार घर नजिकै जङ्गलमा सल्लाको रुख काट्ने क्रममा मुढाले च्यापेर गम्भीर घाइते केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २०, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया