जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

 माघ ११, २०७७ आइतबार १३:४१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बताएको हो ।

विभागले करिब ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा भर्ना लन लागेको जानकारी समेत गराएको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनगणना गरिने विभागको भनाइ छ ।

२०७७ माघ ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।

जनगणना विभिन्न प्रविधि अपनाएर गरिने उहाँको भनाइ छ । मानिसको जनगणनाको अलवा व्यावसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उहाँले बताउनुभयो । 

अनलाइन दरखास्त केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट अन्तर्गत सबडोमेन www.censushrms.cbs.gov.np तथा केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट www.cbs.gov.np  मा गएर भर्न सकिनेछ ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक पालिकाकै जनशक्तिबाट गर्ने तथा पालिकामै तालिमको व्यवस्था गरिने बताउनुभयो । अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभूत प्रश्नहरु राखिएको उहाँको भनाइ छ । 

राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौं जनगणना हो । नेपालमा विसं १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । बाह्रौं जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने पनि विभागले बताएको ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

2 Comments

  • Sandip khanal

    Feb. 1, 2021, 11:44 a.m.

    I am interested

  •  0 Reply
  • Samir Kumar sah

    Jan. 28, 2021, 4:57 p.m.

    Yes

  •  0 Reply

तपाईको प्रतिक्रिया