जुम्लाकाे गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट, दुई दर्जन चौपाया मरे

 माघ १४, २०७७ बुधबार ६:२४:४९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको तिला गाउँपालिका-७ गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् । 

हिजो मंगलबार राति ७ बजेदेखि सुरु भएकाे आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।

आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा रहेको र त्यहाँ २५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरतसिंह राठोरले जारी गर्नुभएको सूचनामा उल्लेख छ । 

स्थानीय परबहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाइपबाट छतमा भएको घाँसमा आगो सल्केपछि आगलागी भएको हो ।

 
 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया