कोरोनाविरुद्धको खोप अभियान सुरु : आज मात्रै १२ हजार व्यक्तिले खोप लगाउने

 माघ १४, २०७७ बुधबार १०:३९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप अभियान सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुभारम्भ गर्नुभएको हो । पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाउनु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र सक्ने र पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप दिइने जनाएको छ ।

आज मात्रै १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो । पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया