‘अबको ३ महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोनाको खोप पाउनेछन्’

 माघ १४, २०७७ बुधबार ११:२३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने बताउनुभएको छ । आम नागरिकलाई रोग र भोकबाट बचाउनु नै सरकारको प्रमुख प्राथमिकता रहेको भन्दै उहाँले अबको तीन महिनासम्म सबै नेपालीले कोरोना खोप पाइसक्ने सम्भावना रहेको बताउनुभएको हो ।

कोरोनाविरुद्धको खोप सबै नेपालीले निःशुल्क पाउने पनि उहाँको भनाइ रहेको छ । यस्तै उहाँले कोरोना संक्रमणम सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको कामप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । पालिकाको आवश्यकता कोरोना भाइरसको संक्रमणले निम्त्याएको परिस्थितिले पनि पुष्टि गरेको उहाँले बताउनुभयो ।

यस्तै उहाँले आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तीमा रहेका व्यक्तिहरुको पनि प्रशंसा गर्नुभएको छ । गएको १ वर्ष अन्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै उहाँले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया