आउँदाे चुनावमा प्रचण्ड–माधव समूहकाे १० सिट पनि आउँदैन, बरफ पग्लिए जसरी सकिन्छन् : ओली

 माघ १४, २०७७ बुधबार १८:१६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनावमा प्रचण्ड–माधव समूहकाे १० सिट पनि नआउने दाबी गर्नुभएको छ ।

बुधबार आफू निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउँदाे चुनावमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहकाे १० सिट पनि नआउने दाबी गर्नुभएको हो । उहाँले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गर्नुभयो ।

नागरिकले प्रचण्ड–माधव समूहलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले आउँदाे वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव समूह बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफूहरूको भएको बताउनुभयो । विगतमा पार्टी र सरकार चलाउन नदिइ खुट्टा तानिएको भन्दै उहाँले आउँदा दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढङ्गले चलाइ पार्टीलाई एकढिक्का बनाइ अघि बढाउने पनि बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया