प्रचण्ड–माधव पक्ष तीन महिनामा नागरिक अगुवा भएर सडकमा पुग्छन् : प्रधानमन्त्री

 माघ १५, २०७७ बिहीबार १८:३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे वैशाखको चुनावका लागि सजग र गतिशील भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीवार आफु निकट नेपाल ट्रेड युनियन महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउँदाे वैशाखमा चुनाव हुने भएकोले कार्यकर्ताहरूलाई अत्यन्त सजग र गतिशील भएर लाग्न निर्देशन दिनुभएको हो ।

बाँकी रहेको तीन महिना देशलाई कता लाने भन्ने जीवन मरणको सङ्घर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नम्बर २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नम्बर १, वाग्मती प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरि छलफल भइरहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी गर्नुभयो । पार्टीमा शुद्धीकरण अभियान चलेको बताउँदै उहाँले पार्टीको विकृति, विसङ्गति, अराजकता, अनुशासनहिनता र स्वार्थी प्रवृत्ति किनारा लागेको बताउनुभयो । पार्टी एक विचार र एक धारणा साथ एकताबद्ध भएर अघि बढेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मजदुर आन्दोलनलाई बलजफ्ती विभाजन गर्न खोजिएको भन्दै विभाजित हुन नदिइ एकताबद्ध मजदुर आन्दोलन निर्माण गर्नुपर्ने बताउनुभयो । अलमलिएकाहरूलाई आफूहरूको बाटोमा समाहित गराउनुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्ष तीन महिनामा नागरिक अगुवा भएर सडकमा पुग्ने पनि बताउनुभयो । प्रचण्ड–माधवले पार्टी चलाउने कुरा नभएको भन्दै नागरिक समाजको सम्मानित व्यक्तित्व बनाएर राख्ने उहाँले टिप्पणी गर्नुभयो ।  

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया