देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपात, काठमाण्डौमा हल्का पानी पर्ने सम्भावना

 माघ २३, २०७७ शुक्रबार ७:४९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । यी क्षेत्रमा पश्चिमी वायुको प्रभाव हिजोदेखि नै परेको थियो । पश्चिमका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको छ ।

प्रश्चिमी वायुको प्रणालीकै कारण आज देशभरको मौसम बद्ली हुने मौसमविद् अर्यालले बताउनुभयो । यसअघि यो प्रणालीका कारण देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान गरिए पनि अनुमान गरिएभन्दा प्रणाली कमजोर बन्दै गएकाले हल्का वर्षा मात्रै हुने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

पश्चिमी वायुको प्रणाली मध्य क्षेत्रमा समेत आइसक्नु पर्नेमा पश्चिमी क्षेत्रमा नै अड्किएको उहाँले बताउनुभयो । आज काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । मध्य र पूर्वमा  क्षेत्रमा यो प्रणालीको प्रभाव भोलिसम्म नै रहनेछ  ।

पश्चिमका क्षेत्रबाट भने भोलि प्रणाली हट्ने अनुमान गरिएको छ ।  पश्चिमी वायुको प्रणाली पर्सिदेखि हट्ने र त्यसपछि गर्मी सुरु हुने मौसमविद्ले बताएका छन्  ।  

बझाङमा पानीसँगै हिमपात 

बझाङमा हिजाे रातिदेखि पानीसँगै हिमपात भएको छ । 

अन्न बाली सुक्ने र भोकमरी हुने भन्दै चिन्तामा परेका कृषकहरु पानी र हिमपात भएपछि खुसी भएका हुन् । बझाङका दर्जनौँ ठाउँमा दहबगर, काँडा, सुर्मा, लेकगाउँ, मौलाली, मष्टालगायत अन्य अन्य ठाउँहरुमा वर्षा र हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । 

वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका यहाँका किसानलाई वर्षाले धेरै राहत पुर्याएको छ । जिल्लाको १२ वटै पालिकाका उच्च भूभागमा हिमपात भएको छ भने सबै पालिकाहरुमा पानी परेको छ । हिजाे रातिदेखि वर्षा र हिमपातका कारण बझाङ जिल्लाको विद्युत सेवा रातिदेखि नै अवरुद्ध भएको छ । 

राष्टिय प्रसारणलाई डडेल्धुरादेखि खोड्पेको बीचमा राति परेको वर्षा, हिमपात र हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण बझाङले जनाएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया