घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा घोडाघोडी–११ सुख्खडले पहिलाे जीत हात पारेकाे छ । घाेडाघाेडी–११ ले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई १ विकेटले हरायाे ।
डडेल्धुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९ ओभर १ बलमा ९ विकेट गुमाएर भेटायो । घोडाघोडी–११ का अयुब चन्दले ३३ रन बनाए । डडेल्धुराका हेमन्त धामीले ३ विकेट लिए ।
यसअघि धनगढीकाे फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको डडेल्धुराले २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन बनायो । डडेल्धुराका विनोद भण्डारीले नटआउट ५६ रन बनाए । घोडाघोडी–११ का नरेन साउदले ४ विकेट लिए ।
समूह ‘ए’ बाट डडेल्धुरा र डीसीए धनगढी सेमिफाइनलमा पुगिसकेका छन् । भोलि लिग चरणको अन्तिम खेलपछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।
अर्जुन ट्रफी क्रिकेटमा देशभरका ८ वटा क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता आउँदो सोमवार माघ २८ गतेसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।