कृषि बालीमा धेरै विषादीको प्रयोग नगर्न कृषिमन्त्री अधिकारीको आग्रह

 माघ २६, २०८१ शनिबार १२:१४:५९ | रासस
unn.prixa.net

नवलपरासी – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न किसानलाई आग्रह गर्नुभएको छ ।

आज बिहान नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती –१५ गोडारमा सामूहिक प्याजखेतीको अवलोकन गर्दै कृषि मन्त्री अधिकारीले धेरै विषादी प्रयोग गर्दा आफू र उपभोक्ता पनि रोगको जोखिममा पर्ने बताउनुभयो ।

आफैँले प्रयोग गरेको विषादीबाट आफैँ रोगी हुनुबाट जोगिन उहाँको आग्रह छ । धेरै आम्दानी, एकै पटक आम्दानी र छिट्टै कमाउने लोभमा आवश्यकताभन्दा धेरै विषादी प्रयोग गर्दा समस्या आएको मन्त्री अधिकारीले बताउनुभयो ।

विषादी नियन्त्रणका लागि कृषि मन्त्रालयले अभियान नै सञ्चालन गर्न लागेको पनि उहाँले बताउनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यसवर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा २५ वटा समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् ।

परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गरिएको छ ।     

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया