द्रुतमार्गअन्तर्गत खोकनाको जग्गा विवाद मिलाउन सरकारले अधिग्रहणक...
माघ २६, २०८१ शनिबार
काठमाण्डौ - काठमाण्डौको तारकेश्वर नगरपालिकाबाहेक अरु ठाउँमा बर्ड फ्लूकाे सङ्क्रमण नदेखिएको पशुसेवा विभागले जनाएको छ ।
यसअघि माघ १६ गते तारकेश्वरमा बर्ड फ्लू सङ्क्रमण देखिएपछि झण्डै २५ सय पक्षी नष्ट गरिएको थियो ।
अहिले सङ्क्रमण देखिएको क्षेत्रलाई सिल गरेर विभागले दैनिक निरीक्षण गरिरहेको पशुसेवा विभागमा प्रवक्ता चन्द्र ढकालले उज्यालोलाई जनकारी दिनुभयो । सङ्क्रमण भेटिएको क्षेत्रमा दैनिक विज्ञसहितको टोलीले अनुगमन गरिरहेको छ ।
नियमित रुपमा अनुगमन गर्ने, शङ्कास्पद नमुना परीक्षण गर्ने र अध्ययन गर्नेलगायत कामहरु टोलीले गरिरहेको छ । सङ्क्रमण भेटिएका फार्ममा ४२ दिनसम्म कुखुरा राख्न नपाउने पनि प्रवक्ता ढकालले बताउनुभयो पीडित व्यवसायीलाई सरकारले २२ लाख रुपैयाँ राहतसमेत उपलब्ध गराउने भएको छ । पशुसेवा विभागले विज्ञ केन्द्र र नगरपालिकाहरुसँग सङ्क्रमण फैलिन नदिने सहकार्य गरिरहको पनि उहाँले बताउनु भयो ।
यस्तै विभागले बर्ड फ्लू सङ्क्रमण अरु ठाउँमा नदेखिएकाले मासु खान डराउनु पर्ने अवस्था नरहेको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।