दरबारमार्ग र आसपासमा सार्वजनिक गाडीलाई प्रवेश निषेध, चक्रपथभित्र बस चलाउन रोक

 माघ २३, २०७७ शुक्रबार ११:२४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो नेकपाको प्रचण्ड-नेपाल समूहको आमहड्तालले हैरान खेपेका नागरिकले आज पनि सास्ती पाउने भएका छन् । अहिले काठमाण्डौको दरबारमार्ग आसपासमा सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको छ । 

नारायणहिटीको अगाडिपट्टि आज नेकपाको केपी शर्मा ओली समूहले जनसभा गर्दैछ । यसकै कारण सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको हो । अहिले यो मार्ग भएर साना निजी गाडी भने चलिरहेका छन्  । यस्तै, जनसभालाई ध्यानमा राखेर दरबारमार्ग क्षेत्र हुँदै चल्ने गाडीलाई ठाउँ-ठाउँबाट डाइभर्सन गरिएको छ । 

जयनेपाल हल, माइतीघर मण्डला, थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, लैनचौर, सोह्रखुट्टे, पुतलीसडक, कृष्ण पाउरोटी, पद्मोदयमोडलगायतका क्षेत्रबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

यस्तै, यात्रुवाहक ठूला सार्वजनिक बसलाई चक्रपथभित्र चलाउन पनि दिइएको छैन । जनसभाका कारण बढ्ने चापलाई मध्यनजर गर्दै यात्रुवाहक बसलाई चक्रपथमा मात्रै चलाउन दिइएको महाशाखाले जनाएको छ ।  
ओली समूहको जनसभामा आउन काठमाण्डौका ठाउँ-ठाउँमा अहिले नेता कार्यकर्ता भेला हुन थालेका छन् ।

जिल्ला बाहिरबाट पनि नेता कार्यकर्ता काठमाण्डौ आउँदै छन् ।

 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया