चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा झन्डै ३३ लाख रुपैयाँ आम्दानी

 मंसिर ४, २०८१ मंगलबार १२:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा झन्डै ३३ लाख रुपैयाँ आम्दानी भएको छ । तिनाउ गाउँपालिका–४ सत्यवतीमा गएको कात्तिक २७ गतेदेखि ३० गतेसम्म लागेको मेलामा भक्तजनले मन्दिरमा चढाएको भेटी गणना गर्दा ३२ लाख ८१ हजार आठ सय ७० रुपैयाँ सङ्कलन भएको हो ।

सत्यवती मन्दिर तथा ताल व्यवस्थापन समितिका अनुसार तिनाउ गाउँपालिकाका प्रतिनिधि, कर्मचारी, स्थानीय र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको रोहबरमा भेटी गणना गरिएको हो । समितिका अध्यक्ष दानबहादुर गाहाले मन्दिरमा भक्तजनले नगदसहित धातुबाट बनेका गहनासमेत चढाएका छन् ।

गएको वर्ष १८ लाख ५० हजार रुपैयाँ भेटी सङ्कलन भएको थियो । यो वर्ष भक्तजनको सङ्ख्या बढेकाले भेटी बढेको समितिका अध्यक्ष गाहाले जानकारी दिनुभयो । चार दिनसम्म चलेको चिच्याएर वर माग्ने मेलामा तीन लाख बढी भक्तजन सहभागी भएको समितिको अनुमान छ ।

सत्यवतीमा हरेक वर्ष तिहारपछिको पूर्णिमामा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । सत्यवती बज्यै सुस्त श्रवणकी भएकाले त्यहाँ पुग्ने भक्तजनले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया