कर्नाटकसँग नेपाली युवा टोली पराजित, शृङ्खलामा २–२ को बराबरी

 मंसिर ४, २०८१ मंगलबार १५:६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको चौथो अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ५ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ६ रनको लक्ष्य कर्नाटकको टोलीले ३७ ओभरमा ५ विकेट गुमाएर भेटायो । कर्नाटकका अक्षत प्रभाकरले २४ रन बनाए । नेपालका सन्तोष यादवले ३ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली युवा टोली ३५ ओभर १ बलमा अलआउट भयो । नेपालका मयन यादवले ३४ र रोशन विकले नटआउट ३४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कर्नाटकका अक्षत प्रभाकरले ५ विकेट लिए ।

कर्नाटकको जीतसँगै पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । पहिलो खेलमा कर्नाटक विजयी भएको थियो भने दोस्रो खेल नेपालले जितेको थियो । यस्तै तेस्रो खेलमा नेपाल विजयी भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि बिहीवार हुनेछ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया