बुटवललाई हराउँदै डडेल्धुरा अर्जुन ट्रफी क्रिकेटको फाइनलमा
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शुक्रवार काठमाण्डौमा जनसभा गरेको छ । जनसभालाई प्रधानमन्त्री एवं पार्टीकाे ओली समूहका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेललगायतले सम्बोधन गर्नुहुनेछ ।
सभा सुरु हुनुभन्दा अगाडि विभिन्न ठाउँबाट जुलुस निकालिएको थियाे । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक, बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको थियाे । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि सत्तारुढ नेकपा औपचारिक रूपमा दुई समूहमा विभाजित भएका छन् ।
प्रचण्ड–नेपाल समूहले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ भने ओली समूहले सरकारको बचाउमा कार्यक्रमहरू गरिरहेको छ । बिहीवार (हिजो) प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेको थियो ।
तस्बिरहरू:
तस्बिर : विकास गोले
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।