बन्द हड्तालको नाममा गाडी तोडफोड र आगजनी गर्न बन्द गर्नुपर्ने भन्दै उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित

 माघ २४, २०७७ शनिबार १५:४२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन् । व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार आफ्ना ट्याक्सी सहित र्‍याली निकालेका व्यवसायीहरुले वैज्ञानिक भाडादर कायम गर्न पनि सरकारसँग माग गरेका छन् । वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गर्दै राखेका छन् । राष्ट्रिय पुँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरि व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी र्‍यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताउनुभयो ।

ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग पनि राखिएको छ । ट्याक्सी व्यवसायीहरु,  नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानबाट र्‍यालीसहित माइतिघर मण्डलामा भेला भएका थिए  ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया