पाेखरा सडक महाेत्सवकाे पुस १३ देखि १७ गतेसम्म

 पुष ३, २०८१ बुधबार १८:१९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पोखरा सडक महोत्सवको २६औं संस्करण यही पुस १३ देखि १७ गतेसम्म हुने भएको छ । आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इस्वी संवत‍्काे नयाँ वर्षमा हुँदै आएको महोत्सव यही पुस १३ देखि १७ गतेसम्म हुने रेष्टुराँ एन्ड बार एसोसिएसन (रेवान) का केन्द्रीय अध्यक्ष सङ्घर्ष विष्टले जानकारी दिनुभयो ।

पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको रेवानले आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्व बजारमा पुर्‍याउन पनि मद्दत पुग्ने अध्यक्ष विष्टले बताउनुभयो ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइड क्षेत्रको झन्डै तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मोमो, ससेज खाने प्रतियोगितालगायत रहेका छन् ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया