प्रतिनिधि सभा विघटन मुद्दा : आज पनि सरकारी वकिलहरुले बहस गर्दैै, समय पालनामा कडाइ

 माघ २६, २०७७ सोमबार १४:१३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमवार (आज) पनि सरकारी वकिलहरूले बहस गरिरहेका छन् । एक हप्तादेखि प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको विपक्षमा अर्थात् प्रधानमन्त्रीको कदमको पक्षमा सरकारी वकिलहरूले बहस गरिरहेका हुन् । 

सोमवारको बहसमा सरकारको पक्षबाट सुरुमा अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले बहस गर्नुभयो । सरकारी निर्णयको प्रतिरक्षा गर्दै अधिवक्ता भट्टराईले लामो समय लिएर बहस गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहस टुङ्ग्याउन आग्रह गर्नुभएको थियो । 

सुरुमा १५ मिनेट समय तोके पनि उहाँले ३१ मिनेट समय लिनुभएको थियो । भट्टराईपछि बहसमा जानुभएका अधिवक्ता महेश नेपाल र सीपी रेग्मीको समयमा पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कडाइ गर्नुभएको छ । 

प्रधानन्यायाधीशले आइतवार (हिजो) नै प्रधानमन्त्रीको पक्षबाट बहस गर्ने वकिलहरूलाई १५ मिनेटभित्र बहस सक्न आग्रह गर्नुभएको थियो । बहसमा सरकारी वलिकहरूले प्रतिनिधि सभा विघटन संविधानअनुसार नै भएको दाबी गर्दै आएका छन् । 

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको खारेज र पुनर्स्थापनाकाे  माग राखेर सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् ।  

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया