रक्सीको बोतलमा क्यान्सरको चेतावनी राख्न अमेरिकाका वरिष्ठ डाक्टर...
पुस २०, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डौको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारेको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
आरोपितहरूसँग सोधपुछ र बयान, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषयलगायतको अध्ययन गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
अनुसन्धानबाट पहिलो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ । पछि थप खुलेमा पूरक अभियोजन लैजानेगरी प्रतिवेदन बुझाइएको हो ।
प्रहरीले बुझाएको प्रतिवेदनमा अध्ययन गरेर सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । एक अर्ब १९ करोड ४९ लाख रुपैयाँ बढी बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपीमध्ये पाँच जना थुनामा छन् । रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कोषाध्यक्ष कुमार रम्तेल कारागारमा छन् । दुई जना परिसरको प्रहरी हिरासतमा छन् । तीबाहेक अन्य ३९ जना प्रतिवादीलाई प्रहरीले फरार सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।