एमालेको निष्कर्ष : ‘सरकारले कामको गति बढाउनुपर्छ’

 पुष १८, २०८१ बिहीबार १८:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले सरकारले गरेका काम पर्याप्त नरहेको जनाएको छ । आज बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले नागरिकको अपेक्षालाई पूरा गर्न कामको गति बढाउनुपर्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

सरकारले ६ महिनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तर पर्याप्त नरहेको पार्टीको निष्कर्ष रहेको ज्ञवालीले बताउनुभयो । सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ धेरै ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै उपमहासचिव ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका आरोप यसअघि नेकपा हुँदा प्रचण्डले लगाएका जस्तै रहेको बताउनुभएको छ । रावलले लगाएका आरोप यसअघि प्रचण्ड ले लगाएका १९ पेजकै 'कपी–पेस्ट' भएको ज्ञवालीको दाबी छ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया