दिउँसो काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने, यी ठाउँबाट निस्कनेछन् र्‍याली

 माघ २८, २०७७ बुधबार ७:५०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण आज दिउँसो काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएको छ ।

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालिने भएकाले बिहान १० बजे पछिदेखि नै ट्राफिक व्यवस्थापनमा चाप बढ्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चक्रपथ भित्रको सडकमा समस्या बढ्ने भएकाले सकेसम्म चक्रपथको सडक मात्रै प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

पुल्चोक, त्रिपुरेश्वर, सुन्धारा, थापाथली, माइतीघर मण्डला, केशरमहल, जमल, असन , इन्द्रचोक, पुतलीसडक लगायतका क्षेत्रबाट जुलुस निकाल्ने तयारी भएकाले यो क्षेत्रको बाटो प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । ​

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया