२७ वर्षदेखि बन्द रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उ...
मंसिर ३०, २०८१ आइतबार
काठमाण्डौ – पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भोलि पुस १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने तीन वटाले घटाएका छन् । बाँकी १४ वटा वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् भने घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् । मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ०.०५ प्रतिशत विन्दुले बढेको देखिन्छ । यो मंसिर महिनामा वाणिज्य बैंकको एक वर्षे मुद्दती निक्षेपको ब्याजदर औसत ५.९७ प्रतिशत रहेको थियो ।
पुसमा ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत बिन्दुमा पुगेको बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिकामा उल्लेख छ । राष्ट्र बैंकको निर्देशन अनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले यो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।