नयाँ पुस्तालाई परम्परागत नौमती बाजा हस्तान्तरण

 माघ २८, २०७७ बुधबार १०:१६:५९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – परम्परागत बाजा नयाँ पुस्तासम्म पुर्‍याउन दाङको देउखुरीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पञ्चेबाजा व्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गर्नु भएको हो ।

वडा कार्यालयको बार्षिक वजेट अनुसार वडा नं ३ नयाँबस्तीमा एक समूह गठन गरि नौमती बाजा हस्तान्तरण गरिएको हो ।

दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पञ्चेबाजा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको वडा नं ३ का वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभयो । पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा नौमती बाजा संरक्षणका लागि अभियान नै सुरु गरिएको छ ।
 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया