कोरोनाविरुद्धको पहिलो चरणको दोस्रो खोप अभियान आजदेखि

 फागुन २, २०७७ आइतबार ७:१२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले पहिलो चरणको दोस्रो अभियानअन्तर्गत आजदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप वितरण गर्दैछ ।

दोस्रो अभियान अन्तर्गत आजदेखि ८ गतेसम्म देशका ७७ जिल्लाका सरकारी संस्थान, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने र पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई  खोप दिइने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले बताउनुभयो ।

यसबाहेक काठमाण्डौ बाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप दिने तयारी छ । यसअघि पहिलो चरण अन्तर्गत सरकारले पत्रकार, कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीलाई खोप दिएको थियो । त्यसअघि अग्रपङ्क्तिमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइएको थियो ।

पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप अहिले दोस्रो अभियानअन्तर्गत लगाउने तयारी गरिएको हो । यसअघि पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजार जनालाई पहिलो प्राथमिकतामा राखे पनि अहिलेसम्म एक लाख ९० हजारभन्दा धेरैले मात्र खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले खोप लगाएकाहरुलाई अहिलेसम्म गम्भीर खालका स्वास्थ्य समस्या नदेखिएकाे बताउनु भएकाे छ । तर, टाउको दुख्ने ज्वरो आउने जस्ता सामान्य समस्या भने देखिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया