वाग्मती प्रदेशसभाको बैठक बिहानै सूचना टाँसेर स्थगित

 फागुन ५, २०७७ बुधबार ८:३५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाग्मती प्रदेशसभाको बैठक बिहानै सूचना टाँसेर स्थगित गरिएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले विशेष कारण देखाउँदै बैठक स्थगित भएको जानकारी दिनुभयो । वाग्मती प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध गएको पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो । यसअघि माघ १९ गते बोलाइएको बैठक सूचना निकालेर आजसम्मका लागि स्थगित भएको थियो । वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी १ सय १० सदस्य रहेका छन् ।
 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया