प्रतिनिधि सभा विघटन मुद्दाको बहस सकियो, १० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीशको आग्रह

 फागुन ७, २०७७ शुक्रबार १४:५०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रवार विज्ञ समूह एमिकस क्युरीका सदस्य गीता पाठकले राय दिएपछि प्रतिनिधि सभा विघटन मुद्दामा बहस सकिएको हो ।

एमिकस क्युरीका पाँच जना सदस्यमध्ये बिहीवारसम्म बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले राय दिनुभएको थियो । एमिकस क्युरीका कार्की, खरेल र शाक्यले प्रतिनिधि सभा विघटनलाई गलत भनेका छन् भने मैनालीले प्रतिनिधि सभा विघटनको बचाउ गर्नुभएको छ ।

संवैधानिक इजलासको नेतृत्व गरिरहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेसम्म बहस नोट दिन आग्रह गर्नुभएको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गर्नुभएको थियो । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।  

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया